राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिताको उपाधि अस्मिता र जीवनको टिमलाई



काठमाडौं । ‘टुबोर्ग छैटौं राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता’ को उपाधि नगरकोट दोहोरी साँझले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगीताको उपाधि नगरकोट दोहोरीको अस्मिता डल्लाकोटी र जिवन सिग्देलको टिमले जितेका हुन् । आइतवार साँझ भएको फाइनल प्रतिस्पर्धामा गामबेसी दोहोरी साँझको टिमलाई हराउँदै अस्मिता र जिवनले उपाधि जितेका हुन् । उपाधिसंगै उनिहरुले शिल्ड, २ लाख २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । गत बुधबारदेखि काठमाडौं भृकुटीमण्डपमा भएको प्रतियोगितामा देशभरबाट ६१ समूहको सहभागिता रहेको थियो ।

आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्बी थकालीसहित पूर्व अध्यक्ष तथा अन्य अतिथिले उनीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरे । शनिबार नै कार्यक्रम सक्ने भनिए पनि शनिबार प्रतिस्पर्धा नसकिएपछि आईतबार उत्कृष्ट १६ बीच क्वाटर फाईनल, सेमी फाईनल हुँदै फाईनल खेल भएको थियो ।