राजीवको ‘ग्रहण’ मा नम्रता र विनय



काठमाडौँ। राजीव गुरुङको निर्माण तथा निर्देशन चलचित्र ‘ग्रहण’ बन्ने बहेको छ। ‘ग्रहण’ नाममा २० वर्ष अघि चलचित्र बनेको थियो। चलचित्रको सिक्किमस्थित गान्तोकमा आइतवार सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो ।

घोषणा समारोहमा चलचित्रको शिर्षकसँगै कलाकार समेत सार्वजनिक गरिएको छ । चलचित्रमा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ ।

थ्रीलर ड्रामा जनरा रहने चलचित्र रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने भएको छ । भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने फिल्मको घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रोमोसन बोर्डकी अध्यक्ष पुजा शर्मा, सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, चलचित्रमा अभिनय गर्ने कलाकारहरु, निर्देशक गुरुङ, प्रोडक्सन कोऑर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके लगायतको उपस्थिति रहेको थियो ।

सिक्किममा छायांकन गरिने चलचित्रले दुबै देशको पर्यटनमा सघाउने मन्त्री शर्माको विश्वास छ । ‘हाम्रो कलाकारलाई देश विदेशमा चिनाउन हामी लागिरहेका छौँ । त्यही अनुरुप फिल्म बोर्ड, फिल्म नीति बनिसकेको छ । जसले हाम्रो नीति अनुसार यहाँ फिल्म छायांकन गर्छन् । उनीहरुले एक करोड रुपैयाँ पाउनेछन्’ मन्त्री शर्माले भने ।

‘हामी स्वागत गर्दै तपाईंलाई चाहिने सहयोग गर्न तत्पर छौँ । हाम्रो सुन्दरतालाई कैद गर्न आएका फिल्मकर्मीलाई हामी सदैव सहयोग गर्न तयार छौँ । यहाँसम्म आइदिनु भएकोमा हामी आभारी छौँ’ सञ्चार सचिव बस्नेतले भने ।

फिल्मको बारेमा बोल्दै अभिनेता विनयले यो लभ थ्रिलर फिल्म रहेको बताए । चलचित्रको बारेमा बोल्दै अभिनेत्री नम्रताले होम प्रोडक्सनबाट बनेको पहिलो फिल्म ‘सोल सिस्टर्स’ ले छायांकन गरेको सम्झिन् । ‘मैंले आफ्नो प्रोडक्सनको सुरुवात नै यहिबाट गरे । त्यसैले सिक्किमसँग म जोडिएकी छु । यो चलचित्रमा मेरो क्यारेक्टर एरियल योगा इन्स्टक्टरको हो । चलचित्रको स्टोरी लभ, थ्रील, ड्रामा मिश्रित भएकाले मैंले धेरै कुरा खुलाउन मिल्दैन’ नम्रताले भनिन् ।

‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्ने भएका छन् । चलचित्रमा हरी हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन, बिशाल सापकोटाको स्क्रिप्ट रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङकै रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.