‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ आगामी बैशाखबाट



काठमाडौँ। पुर्वघोषित रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ आगामी बैशाखबाट प्रसारणमा आउने भएको छ । निर्माण संस्था भ्वाइस स्टार नेपाल प्रा. लि. ले २०७९ साल बैशाख १८ गते आइतबार देखि हप्ताको दुई दिन बेलुका ८ बजे देखि ९ बजेसम्म इमेज एचडी टेलिभिजनबाट यो रियालिटी शो नियमित प्रसारणमा आउने बताएको छ ।

नेपाल्स सिङ्गिङ सुपरस्टारलाई चर्चित टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र ख्याति प्राप्त गायिका केन्जल मेहर श्रेष्ठले होस्टको रुपमा संचालन गर्नेछन् भने निर्णायकको रुपमा ख्याति प्राप्त गायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र चर्चित गायिका मिलन नेवार रहने कार्यक्रमका निर्माता सुरज लाल जोशीले जानकारी दिए ।

लामो समय देखि संचार क्षेत्रमा कार्य गरेर विज्ञापन लगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले निर्देशन गर्न लागेको यो रियालिटी शो मा अन्य रियालिटी शो मा भाग लिइसकेका प्रतिस्पर्धीहरु वा पाँच वर्ष भन्दा बढी अवधि देखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिक मात्र समावेश हुन पाउने बताए निर्माता जोशीले बताए ।

यसैबीच बिहिबारबाटै यो रियालिटी शो को अडिशन खुल्ला गरिएको छ । अडिशनमा समावेश हुनको लागि नेपाल्स सिङ्गिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिङ सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेट सम्मको भिडियो पठाउन सकिने निर्देशक श्रेष्ठले बताए । यो रियालिटी सो को विजेताले २५ लाख नगद प्राप्त गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.