‘शमशेर’ मा जोडीए कमेडीयन हीमेश र सुमन



काठमाडौँ। अभिनेता मनीष राउत र गौरव पहारीको मुख्य भुमिका रहने चलचित्र ‘शमशेर’मा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हीमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् । हाल सिनेमाको लागि मुख्य अभिनेत्रीको खोजी भैरहेको निर्माण टिमले जनाएको छ । एक्सन जनरामा निर्माण गरिनेमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहनेछ । चलचित्रमा अभिनय गर्न लागेका हिमेश र सुमनको भुमिका कस्तो रहनेछ भन्ने चाहीँ खुलाइएको छैन। सार्वजनिक लुक्समा उनीहरुलाई निकै फरक चरित्रमा प्रस्तुत गर्न लागिएको बुझ्न सकिन्छ ।

चलचित्रको छायाँकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने चलचित्रमा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय हुनेछ । राकेश दाहालको पोस्टर डिजाइन रहेको चलचित्रका गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.