चलचित्र ‘उखान’ को ‘मगरकी छोरी’ बोलको गीत सार्वजनिक


काठमाडौँ। मगर कथानक चलचित्र ‘उखान’ को गीत सार्वजनिक गरिएको छ । कल्चरल गीतमा सागर आले र तुलसी घर्ति मागको स्वर रहेको छ। मगरकी छोरी बोलको गीतमा शब्द प्रकाश कुमार दर्लामीको तथा संगीत दीनेश परियारको रहेको छ। सार्वजनिक भिडियोको कोरियोग्राफी जस्मिन मागको रहेको छ।

विशेष गरि भाषा, संस्कृती, भेषभुषा कसरी लोप भयो भन्ने कुरा समेट्दै चलचित्रले साली भेनाको अधुरो प्रेम, जारी उठाउने चलन, साथमा कमेडी लगायत संगै सन्देश मुलक चलचित्र बनेको निर्देशक प्रकाशको भनाई रहेको छ।

चलचित्रमा कलाकार खड्ग बहादुर पुन (खबपु), प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलबिक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ र बाल कलाकारमा नम्रता पुन मगरको मुख्य अभिनय रहेको छ।

एक्सन फिल्मसको ब्यानरमा बनेको चलचित्रमा कथा, पटकथा र निर्देशन प्रकाश कुमार दर्लामी, निर्माता टेक बहादुर अस्तानी, सह-निर्माता सुनिता आले र टीका मगर, कार्यकारी निर्माता मेक आले, छायांकन सुजन श्रेष्ठ, मेकअप सन्ध्या पुन र सम्पादन युबराज खत्रीले गरेका छन् ।