चैत १६ बाट ‘राष्ट्रिय खुल्ला’ दोहोरीगीत प्रतियोगिता



काठमाडौं। कोरोनाको कारण सुस्ताएको नेपाली लोक दोहोरी संगीत क्षेत्रको प्रवर्धनको लागि यही चैत १६ बाट काठमाडौंको भृकुटी मण्डपको बगैंचामा ‘छैटौं राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता २०७८’ हुने भएको छ । प्रतियोगिताको आयोजना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गर्न लागेको हो । सो प्रतिष्ठानले सोमबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी प्रतियोगिताको तयारी भईरहेको जानकारी गराएको छ ।

कार्यक्रमबारे पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले भने,‘ प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाका करिब ७० वटा टोलीले सहभागिता जनाउने छन् । अध्यक्ष बिजीले प्रतियोगितामा दर्शकलाई यसपटक निशुल्क प्रवेशको व्यबस्था गरिएको पनि बताए ।

यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्नेछन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा सँरक्षक अग्रज लोक तथा दोहोरी गीत गायक चन्द्र शर्माको सँयोजकत्वमा रहेको निर्णायक टोलीले प्रतियोगीहरुको गीत सुनेर निर्णय गर्नेछ । सो कार्यक्रममा पत्रकार ऋषी धमलाले शहर देखि गाउँसम्म लोकदोहोरीको राज अहिले रहेको छ भने । यस्तै अग्रज संगीतकार तथा लोक दोहोरी गायक नारायण रायमाझी पूर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मा लगायतले पनि दोहोरी गायन प्रतियोगिताको महत्वबारे कार्यक्रममा प्रकाश पारे । उनीहरुले यस्ता प्रतियोगिताले नयाँ नयाँ प्रतिभालाई दोहोरीमा राष्ट्रिय स्तरमा आउन मद्धत पुग्ने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.