कर्माको ‘षट्कोण’ प्रदर्शन मिति घोषणा



काठमाडौँ। साइकोलोजिकल थ्रिलर चलचित्र ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी बैशाख २३ गतेबाट प्रदर्शन आउनेछ । चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य अभिनेता कर्मालाई प्रस्तुत गरिएको छ । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक मिलन डि काप्रि हुन् । उनले यही चलचित्रबाट निर्देशनमा डेव्यु गर्दैछन् । कोरोना महामारी अगाडी नै निर्माण भएको चलचित्रको सम्पुर्ण काम सकेर प्रदर्शन मिति घोषणा गरिएको निर्देशक काप्रिले बताए ।

चलचित्रमा कर्माका अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिको सम्पादन छ । यो चलचित्रलाई वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.