‘हेल्लो जिन्दगी’ को लोकलयको गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र हो ‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले नयाँ गीत ‘झुम्के बुलाकी’ सार्वजनिक गरेको छ । लोकलयको गीतमा बलिउड कोरियोग्राफर विष्णु देवाको कोरियोग्राफी रहेको छ। गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ भने गायक शिवाकोटीको शब्द तथा संगीत छ ।

बेलायतमा छायाङ्कन भएको गीतको भिडियोमा चलचित्रका नायक विक्रम डि जोशी र मोडल विभिया श्रेष्ठका साथै विदेशी कोरस प्रयोग गरिएको छ । बेलायत र नेपालमा छायाङ्कन भएको ‘हेल्लो जिन्दगी’ एभरेष्ट सूर्य बोहराले निर्माण तथा निर्देशन गरेका हुन् ।

निर्देशक बोहोराकै लेखन रहेको चलचित्रमा विक्रमका अलावा दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको अभिनय छ । चलचित्र त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको छ ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा/सम्वाद रहेको चलचित्र तथा गीत पुरुषोत्तम प्रधान र अल्बर्ट प्रसादले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि.गुरुङको सम्पादन छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.