हलिउड अभिनेता सिल्भियो नेपाल आँउदै



काठमाडौँ। हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ अर्थात चैत १२ गते हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्न उनी पहिलो पटक नेपाल आउन लागेको संस्थाका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

हलिउड अभिनेता सिल्भियो समर्पित मार्शल आर्टिस्ट र विश्व च्याम्पियन हुन् । जसले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन् । अभिनेता सिल्भियो एक्शन फर नेसन्स (ब्ँल्)​ को सद्भावना दूत पनि हुन् । एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम लगायतका महत्वपुर्ण कार्यहरु गरेको भन्दै हालै मात्र अमेरीकामा शो फेस्ट सोसल अवार्ड २०२२ समेत प्राप्त गरेका थिए ।

Copyright © 2012 - 2026 | All Right Reserved.