‘मन्त्र’को ट्रेलर २४ घण्टा नपुग्दै लाख माथी भ्युज सहित सकारात्मक प्रतिक्रिया



काठमाडौँ। चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको २४ घण्टा नपुग्दै एक लाख १५ हजार बढी भ्युज गएको छ । यो समाचार तयार पार्दा सम्म ट्रेलरले झन्डै १० हजार लाइक पाएको छ भने करिब ३ सय जनाले कमेन्ट गरेका छन्। सबै जसो कमेन्ट सकारात्मक छन्। ट्रेलर हेरे पछि चलचित्रमा समाबेश दृश्य तथा छायाँकनको सबैले तारिफ गरेका छन्।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् । चलचित्र २०७९ साल बैशाख १६ गते बाट देशभर प्रदर्शनमा आउनेछ। गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् संगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ।

हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको छ। करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम सम्म पुगेर निकै नै मेहनतका साथ चलचित्रको छायाँकन गरिएको निर्देशक खिल बहादुर गुरुङले बताए। चलचित्र ट्रेलरले दर्शकलाई एक पटक हल सम्म तान्नेमा गुरुङ बिस्वस्त रहेका छन्।

चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।
हिमालयन लभ स्टोरी ‘मन्त्र’ मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा बुद्दि तमाङ, नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह निर्देशन रहेको चलचित्रमा सह निर्माताको रुपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन्। चलचित्रको डिजीटल राइट्स एट के एभरेस्ट मोसन पिक्चर्सले लिएको छ।

साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । चलचित्रको काठमाडौँ बाहिर एफडि कम्पनि र उपत्यकामा काफिया फिल्म्सले वितरणको जिम्मा लिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.