सेलेब्रिटीहरु दशैं कसरि मनाउदै छन्


नेपाली हरुको महान पर्ब दशैं वर्ष को एक पटक आउने गर्दछ यस बर्ष को दशैं पनि नेपालीहरुको घर घरमा भित्रिसकेको छ । हिन्दु धर्मालम्वीहरुले यस पर्वलाई विशेष रुपमा मनाउने गर्दछन् । प्रायः वर्षैभरी नै दिनरात व्यस्त रहने हाम्रा नेपाली आम नागरिक हरु जस्तै सेलिव्रेटीहरुलाई पनि दशैको यो उत्सबमय वातावरणले छोइसकेको छ । हामीले चलचित्र,गीत-संगीत,पत्रकार,साहित्यकार,सबैलाई सेलेब्रिटी मान्ने गर्दछौ यो दशैं सेलेब्रिटी हरु कहाँ र कसरि मनाउदै हुनुहुन्छ हामी ले सेलेब्रिटी हरु संग कुरा गरेका छौ-

दिपक श्रेष्ठ, निर्देशक
यस पालिको दशैं मेरो अलि भिन्न हुने भो मंगलबार मा कतार जादै छु । त्यहाँ रहनु भयका नेपाली दाजु भाई दिदि बहिनि हरु संग दशैं मनाउछु मा एक दम खुसि छु मेरो चलचित्र हिम्मत २ त्यहाँ प्रदशन हुदैछ ।

 

 

 

 

गोविन्द शाही, नायक

यस पालिको दशैं जन्म घर नेपालगंज गइन्न काठमाडौँ मै साथी भै संग रमाइलो गर्दै मनाइन्छ यसपाली टिका लगाउने पनि छैन ।

सुरज श्रेष्ठ, आर जे

म यसपाली मेरो जन्म घर धरान जादिन काठमाडौँ मा नै अफिस का साथी हरु संग रमाइलो गर्दै दशैं मनाउछु  ।

 

 

 

बिनिता बराल, नायिका
अहिले म गृहनगर चितवनमा छु । साथीहरु र आफन्तसँग भेट्दा रमाइलो भइरहेको छ । दशैमा टोलका सबै जना एक ठाउमा भेला भएर नाचगान र भजन कृतन गर्ने चलन छ । भजन र क्रृतनमा म त झुमी झमी नाच्छु ।  टिकाको दिन सबै जना सँगै बसेर टिका लगाइन्छ ।

 

शम्भुजित बाँस्कोटा, संगीतकार

आम नेपालीहरुले सम्मानका साथ दशैं मनाउछन् । म पनि एक नेपाली नै भएकाले दशैं सम्मानका साथ मनाउने तयारीमा छु । दशैंको महत्व विशेषगरी आफन्तहरुसँग भेटघाट हुने, थकान मेट्न पाइने भएकाले पनि बढेको हो ।