टेलिसिरियल ‘मेरो कथा’को ५१ औं भाग पुगेको अवसरमा बिसेष सम्मान



काठमाडौँ। टेलिसिरियल ‘मेरो कथा’को ५१ औं भागको सफलता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिरियलको सफलता र सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रममा सिरियलकी निर्देशक गीता नेपालको जन्मदिन सेलिब्रेसन समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, विशेष अतिथि कलाकार तथा निर्देशक निर शाह, अतिथिमा निर्माता तथा वितरक गोपाल काजी कायस्थ, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक शोभित बस्नेत,कलाकार मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतको उपस्थीति रहेको थियो ।

टेलिसिरियलको ५१ औं भागबाट निर्देशकको जिम्मेवारी रामजी राउतले सम्हाल्ने छन् । ‘मेरो कथा’ मा रमेश बुढाथोकी, पवन मैनाली, हिंउवाला गौतम, प्रिया रिजाल, गीता नेपाल, अशोक धिताल, माधव पण्डित, रिया श्रेष्ठ, सपना श्रेष्ठ, तेजुला खतिवडा, रामजी रावत, जयश्री कार्की, नेवीश्री कार्की, सरोज दाहाल, सन्दिप कंडेल, अनमिका चौलागाई, अञ्जली तामाङ, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

धनेश्वर मिडियाको व्यानरमा निर्माण भएको टेलिसिरियलमा तेजुला खतिवडा र कृष्ण कार्कीको लगानी छ । सिरियलमा नरहरी प्रेमीको संगीत, नरहरी प्रेमी र अपेक्षा खनालको स्वर, क्यामोदिन मियाको सम्पादन, कलर तथा भिएफएक्स समिर मियाको र रामेश्वर हुमागाई छायांकन रहेको छ । कार्यक्रममा सिरियलको सम्पुर्ण कलाकार तथा टिमलाई मायाको चिनो र कदर पत्रसहित सम्मान गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.