जिया खानको आत्महत्या प्रकरणमा उनका प्रेमी पक्राउ


Jiah-Khan-bollywood
बलिउड नायीका जिया खानको आत्महत्या प्रकरणमा उनका प्रेमी सुरज पञ्चोलीलाई प्रहरीले पक्राउ गरेको छ । जिया खानकी आमाले जिया खानले लेखेको सुसाइड नोट प्रहरी समक्ष बुझाएपछी जियाको आत्महत्यामा सुरजको नाम जोडिएपछी सुरजलाई प्रहरीले पक्राउ गरेको हो ।

सुरजलाई जियालाई आत्महत्या गर्ने अवस्थामा पुर्याएको आरोपमा पक्राउ गरिएको हो । २५ वर्षिय जियाका २३ वर्षीय प्रेमी सुरज पञ्चोलीले जियाको बलात्कार गरेको र गर्भपतन समेत गराएको कुरा जियाले लेखेको सुसाइड नोटमा भेटिएपछी प्रहरीले अनुसन्धान तथा सोधपुछका लागी उनलाई पक्राउ गरिएको जनाएको छ । सुसाइड नोटमा जियाले आफुलाई सुरजले बलात्कार गरेको र मानसिक तथा शारीरिक यातना समेत दिएको बताउँदै आफुले ती सबै सहन नसकेपछी आत्महत्या गरेको लेखेकी थिइन् ।

जियाले लेखेको सुसाइड नोटमा सुरजको नाम उल्लेख नगरिएपनि जियाको प्रेमीको रूपमा सुरज नै रहेकाले प्रहरीले सुरजलाई पक्राउ गरेको हो । जियाले लेखेको ६ पेज लामो पत्रमा प्रमीका कारण आफुले निकै यातना पाएको र त्यसलाई सहन नसक्दा आफु यस संसारबाट टाढा जान चाहेको लेखेकी थिइन् तर, उनले यो नोटमा कही कतै सुरजको नाम भने लेखेकी छैनन्, उनले प्रेमी मात्र उल्लेख गरेकि छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.