‘कृष्ण लीला’ को होलीमा पुष्प र श्रद्दाको रोमान्स



काठमाडौँ। प्रेम कथानक चलचित्र `कृष्ण लीला´ टिमले होली मनाउदै प्रचार प्रसारको औपचारिक सुरुवात गरेको छ । भदौ ३ गते अर्थात कृष्ण जन्माष्टमीको दिनलाई प्रदर्शन मिति तोकिएको चलचित्रका प्रमुख कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीका साथमा निर्देशक दीपक वली, लेखक लक्ष्मण सुवेदी, निर्माता द्वय रोहित कट्टेल र रत्न श्रेष्ठको टिमले होलीको रंगमा रंगीदै चलचित्रको पब्लिसीटी अघि बढाएका हुन ।

आर आर फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति बुधबार मात्रै तय गरिएको थियो । पूर्वी नेपालको इलाम,झापालगायतका जिल्लाका रमणीय स्थानमा खिचिएको चलचित्रमा पुष्प र श्रद्दाका साथमा बुद्दी तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउंवाला गौतम,भावना गुरुङलगायतका कलाकारले अभिनय गरेका छ्न । शिव ढकालले खिचेको चलचित्रका गीतमा अर्जुन पोखरेलको संगीत छ ।