‘मन्त्र’ टिमको होली, सौगात र बुद्दिसंग बिद्यार्थीहरुले खेले रङ्ग



काठमाडौँ। रंगहरुको पर्व होलीको अवसरमा बैशाख १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ टिमले अक्षेरीका स्कुलमा होली मनाएको छ। अक्षेरीका स्कुल र कागेस्वरी ओपन स्काउटको आयोजनामा अक्षेरिका स्कुलको प्राङ्गणमा कलाकार सौगात मल्ल र बुद्धि तामाङद्वारा स्थानीय विधार्थी स्काउट परिवारलाई टीका तथा रङ्ग दलेर उत्सव मनाइएको थियो। स्थानीय स्कुलका बिद्यार्थीहरु टिभी र हलमा देखिएको कलाकार प्रत्यक्ष देख्न र भेट्न पाउँदा खुसी भए।

सुरेश कार्की,रविराज कार्की,शुभ श्रेष्ठ र देवेन्द्र मानन्धरको संयुक्त लगानि रहेको चलचित्र उत्कृष्ट र अर्गानिक बनेको अभिनेता सौगात मल्ल र बुद्धि तामाङले बताए। हिमाली क्षेत्रको प्रेमकथामा आधारित खिल बहादुर गुरुङ निर्देशित ‘मन्त्र’ गोरखाको चुमनुव्री गाउँपालिकाको मनास्लु क्षेत्रमा छायांकन गरिएको हो ।

चलचित्रमा सौगात मल्ल,बुद्दि तामाङ,दिया पुन, नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको मुख्य भूमिका रहेको छ । साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । चलचित्रको ट्रेलर यसै साता सार्वजनिक गरिने र प्रचार प्रसार व्यापक पारिने निर्देशक खिल गुरुङले बताए।