एसएस राजामौलीले प्रभासकाे ‘राधे श्याम’ हेरेपछि दिए ठीकठाक प्रतिक्रिया



एजेन्सी । प्रभास साउथ इन्डियन फिल्मका दर्शक मात्र होइन, विश्वभर परिचित अभिनेता बनिसकेका छन् । यसको श्रेय जान्छ, निर्देशक एसएस राजामौलीलाई । राजामाैली निर्देशित ‘बाहुबली’ सिरिजमार्फत प्रभासले आफ्नो परिचय बनाउन सफल भए । बाहुबलीपश्चात प्रभासको फ्यान फ्लोइङ यसरि बढ्यो कि त्यसको हिसाब नै छैन । यिनै प्रभासले ‘साहो’ पछि अभिनय गरेको फिल्म राधेश्याम शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

प्रदर्शनअगावै गरिएको स्पेसल शोमा फिल्म हेर्ने निम्तो पाएर निर्देशक राजामौली पनि पुगेका थिए । भारतीय मिडियाका अनुसार निर्देशक राजामौलीले फिल्म हेरेपछि केही सुधार गर्न आग्रह गरेका छन् । यस्तै उनले फिल्मलाई नराम्रो प्रतिक्रिया दिएको भारतीय मिडियामा उल्लेख छ । नेपालमा पनि ‘राधेश्याम’ लाई दर्शकले राम्रो प्रतिक्रिया दिएनन्। फिल्ममा प्रभासले पूजा हेगडेसँग अनस्क्रिन रोमान्स गरेका छन् । सन् १९७० को युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेको हुन् ।