कोशिस, शिल्पाको ‘परस्त्री’ शुभमुहूर्त



काठमाडौं। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्तसँग छायांकन सुरु भएको जानकारी दिइयो । चलचित्रको निर्माण टिम गीत खिच्न मुस्ताङ प्रस्थान गरेको छ ।

लेखक तथा निर्माता दिपेन्द्र के खनालले सवैभन्दा पहिले आफुहरु गीतको छायांकन गर्ने अनी मात्रै काठमाडौंमा चलचित्रको सिन खिच्ने गरी तयार भएको बताए । मुस्ताङमा १० दिनसम्म चलचित्रको गीतको छायांकन गरिनेछ भने बाँकी ३० दिन काठमाडौं छायांकन सेड्युल राखिएको छ ।

नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने सिनेमाको शुभमुहूर्तसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।चलचित्र आगामी वर्षको तिहार अर्थात कार्तिक ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने सिनेमाकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमालाई निरज कंडेलले खिच्नेछन् ।