रहस्यमय चलचित्र आवरण,रहस्यको खोल ओड्दै प्रियंका


abaran press
(सेलिब्रेटी नेपाल)२८ जेठ-एउटा मान्छेको बाहिरी खोल वा रुप र भित्री रुपमा कस्तो फरक हुन सक्छ भन्ने मुल कथालाई अब चलचित्रको पर्दामा हेर्न पाईने भएको छ । चलचित्रको नाम नै ‘आवरण’ राखिएको छ । ‘अपवाद’ नामक चलचित्रको निर्देशन गरेर चर्चा बटुलेका निर्देशक सुवास कोइराला यो रहस्यमय चलचित्रको निर्देशनमा जुटेका छन् ।

“सामान्यरुपमा अविश्वसनीय लाग्ने तर त्यसैले पार्न सक्ने मानसिक प्रभावका कुराहरुलाई चलचित्रले केटी पात्रको माध्यमबाट प्रस्तुत गर्नेछ,” सोमवार भएको पत्रकार सम्मेलनमा निर्देशक सुवास कोइरालाले भने “मिस्ट्री श्रेणीको यो चलचित्र असामान्य घटनाहरु समेटिएको कथा हो ।”“अहिलेसम्म मैले नगरेको भुमिकामा प्रस्तुत हुन लागेकी छु” चलचित्रकी नायिक प्रियंका कार्कीले भनिन् “चलचित्रको स्क्रिप्ट स्ट्रोङ्ग भएकोले यो चलचित्रबाट निकै आशा राखेकी छु ।”

एयर क्रु प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्र ‘आवरण’मा प्रियंका कार्कीका अलावा दिब्यदेव पन्त, सुशीलराज पाण्डे, एम यस अग्रज, नरेश पौडेल, रवि गिरी, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहनेछ ।चलचित्रमा बाल कलाकारको रुपमा अनुभव रेग्मी र आंचल अग्रज केसीको पनि भुमिका छ । चलचित्रको कथा अनिल योञ्जनले लेखेका हुन् । चलचित्रलाई संयुक्त रुपमा अनिल योञ्जन, लक्ष्मी लामा,प्रतिभा योञ्जन, सविता राई र राजन श्रेष्ठले निर्माण गर्दैछन् । स्वप्नि शर्मा, बाबु बोगटी र कशम नेपालको संगीत रहने यस चलचित्रमा सिनेम्याट्रोग्राफी हरि हुमागाईंको रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.