चाम्सको ‘वर एण्ड वधु’ मा आँचलको वर बन्दै विवेक



काठमाडौँ। मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र ‘वर एण्ड वधु’ को मुख्य भूमिकाको लागि विवेक कर्मचार्य अनुबन्ध भएका छन् । निर्माण युनिटले अभिनेत्री आँचल शर्माको जोडीको रुपमा कर्मचार्यलाई अनुबन्ध गरेको हो । विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन् ।

चलचित्र‘वर एण्ड वधु’ को छायांकन अव केही दिनमा सुरु हुने निर्देशक चाम्सले बताए । एल आर के इन्टरटेन्मेन्टकोे ब्यानरमा निर्माण हुन लागेको चलचित्रले कमेडी र प्रेमकथालाई आफ्नो बिषयबस्तु बनाएको छ । चलचित्रको अन्य कलाकार र प्राविधिक टोली भने छायांकन समयमा सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.