भाद्र ३ मा ‘प्रेमगञ्ज’ प्रदर्शन हुने



काठमाडौँ। चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र क्षेत्रका बिभिन्न व्यक्तिहरुको शुभकामना सहित आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको हो ।

निर्माण टिमले सार्वजनिक गरेको भिडियो नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका ब्यक्तिहरुले फिल्मलाई दिएको शुभकामना सहित प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले चलचित्रको प्रदर्शन मिति घोषणामा केही फरक पन दिएको हो ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको याे चलचित्रबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक चलचित्रमा सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको छ । यस अघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले चलचित्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो ।