चौबिसौं ‘सिम्पल सम्मान २०७८’ सम्पन्न



काठमाडौँ। चौबिसौं’सिम्पल सम्मान २०७८’ अर्पण कार्यक्रम सम्पन्न भएको छ । कलाकार सुभाष गजुरेल , शिक्षा ,साहित्य,समाजसेवी साहित्यकार वसन्त रिजाल,साहित्यकार गीतकार सुशीला पौडेल , प्रधान अध्यापिका शान्ति कुमारी अधिकारी,गायक सङ्गीतकार भरत भट्टलाइ साहित्यकार गङ्गा पौडेल,कामनपा३१को वडा सदस्य सरोज ढकाल, गायक सिताराम पोखरेल,कार्यक्रमका सभापति गायक पुष्कर जङ्गमको हातबाट ‘सिम्पल सम्मान २०७८’ प्रदान गरियो ।

कार्यक्रमलाइ सम्मानित प्रतिभाहरु गजुरेल ,रिजाल,पौडेल ,अधिकारी,भट्ट सभापति जङ्गम, सङ्गीतकार केशव सान्दाइ,वरिष्ठ उपन्यासकार शङ्कर भारती,साहित्यकार विक्रम श्रेष्ठ सागर, जनप्रतिनिधि सरोज ढकाल लगायतले सम्बोधन गरेका थिए । संस्थाका संस्थापक तथा पुर्व अध्यक्ष विमल कोइरालाले संचालन गरेको कार्यक्रममा साहित्यकारहरु शितल गिरी,दुर्गा अधिकारी भमरकोटे,चेतनाथ धमला,ढुण्डिराज पोखरेल, मधुसूदन घिमिरे, शङ्कर पौडेल,प्रभा श्रेष्ठ लगायत अतिथिको रुपमा रहेका थिए ।पन्चकुमारी सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरु, शिक्षा ,साहित्य तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Copyright © 2012 - 2026 | All Right Reserved.