बेल्जियमकी अभिनेत्री चलचित्र प्रचार प्रसारका लागी काठमाडौंमा



काठमाडौँ। बेल्जियमकी अभिनेत्री केरोलिन कोलिन्डा अहिले नेपालमा छिन् । चलचित्र ‘लप्पन छप्पन २’ को प्रदर्शनका लागि सोमबार नेपाल आएकी हुन् । चलचित्र ‘लप्पन छप्पन २’ मा उनको पनि अभिनय रहेको छ । अभिनेत्री कोलिन्डा अझै केही दिन नेपाल बस्ने छिन् । अभिनेत्री कोलिन्डा चलचित्रको प्रिमियरका लागि भनेर नेपाल आएकी हुन् ।

२०१७ मा मिस ग्लोबल नेदरल्यान्ड विजेता कोलिन्डाले २०१९ मा इजिप्टमा आयोजित मिस इको इन्टरनेशनलमा मिस इको क्यारेबियन टाइटल समेत जित्न सफल भएकी थिइन् । मिस ग्रान्ड बेल्जियम र मिस टप मोडल बेल्जियन नेसनल निर्देशक समेत रहेकी कोलिन्डाले युरोपियन र हलिउड फिल्ममा समेत अभिनय गरेकी छन् ।

शुक्रबार अर्थात् २० फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन २’ मुकुन्द भट्टले निर्देशन गरेका हुन् । स्वदेश र विदेशमा छायाङ्कन भएको चलचित्रमा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितिलाई चित्रण गरिएको छ । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, प्रकाश कुँवर,आना ढकाल, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिना प्रस्तुतकर्ता रहेको चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता रहेको चलचित्रको सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.