सृष्टि र सौगातको ‘द सिक्रेट अफ राधा’ भदौ २४ मा



काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी भाद्र २४ गतेबाट देशभरका प्रदर्शनमा आउने भएको छ ।

कोरोना महनमारीको दोस्रो लकडाउन अघि पालुङ आसपासमा छायांकन गरिएको चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठका अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङ लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेतको विशेष भूमिका देख्न पाइने निर्माण टिमले जनाएको छ । चलचित्र निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन् ।

आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत रहेको छ ।