प्रियंका, दीपिका र बिक्रमको ‘हेल्लो जिन्दगी’ ट्रेलर सार्वजनिक



काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी चैत्र ११ गते देशब्यापी प्रदर्शनमा आउने छ । सत्य घटनामा आधारित सामाजिक कथानक चलचित्रमा बिक्रम डि.जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारले अभिनय गरेका छन् ।

यूके र नेपालमा छायांकन गरिएको चलचित्रको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा र संवादमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साथ दिएका छन् । निर्देशक बोहराकै शब्द रहेको चलचित्रका गीतमा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेका गीतमा बिष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रको डिजिटल राइटस् ओएसआर डिजिटलले लिएको हो । यूकेमा रहेतापनि सधै नेपाली चलचित्रको विकास, बिस्तार र गुणस्तरीयता बृद्धिका लागि कटिबद्ध अभिनेता तथा निर्माता बिक्रम डि जोशीले ‘हेल्लो जिन्दगी’ले नेपाली चलचित्रको श्रीबृद्धिमा नौलो आयाम थप्ने विश्वास ब्यक्त गरेका छन् ।

महारानी इन्टरटेन्मेन्ट यूके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बीरञ्जना इन्टरटेन्मेन्टले हेल्लो जिन्दगीलाई प्रस्तुत गरेको हो । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रको सम्पादन मित्र डि.गुरुङले गरेका हुन् । कोरोनाका कारण सुस्ताएको नेपाली चलचित्रको विश्वब्यापी बजारलाई आफ्नो चलचित्रले नयाँ उचाईमा पुर्याउने विश्वास निर्देशक बोहराको छ ।\

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.