खगेन्द्रको ‘पानीफोटो’ भदौ १० बाट प्रदर्शनमा आउने



काठमाडौं । अभिनेता तथा निर्माता खगेन्द्र लामिछानेको डेव्यु निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । छायाँकन सकिएको २ वर्षभन्दा बढी भइसकेपनि कोरोना महामारीका कारण चलचित्र रिलिज हुन सकेको थिएन । चलचित्र ‘पानीफोटो’ आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’ लाई चलचित्रको स्वरुप दिएका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा-आमाको कथालाई प्रस्तुत गरिएको चलचित्रमा खगेन्द्रको साथमा अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मा लगायतको अभिनय रहेको छ ।

काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन गरिएको चलचित्रलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् ।चलचित्रमा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । टुकी आर्टस र मन्जुश्री फिल्म्सले निर्माण गरेकोचलचित्रमा खगेन्द्र स्वयंको लेखन रहेको छ । चलचित्रमा रोजिना सिटौला र रविन्द्र बज्राचार्य निर्माताको रुपमा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.