ग्याम्ब्लरमा राजेश हमाल अटाए


gambler-press
(सेलिब्रेटी नेपाल) २७ जेठ-एक जना सिने कर्मिको भनाइ अनुसार नेपाली चलचित्र उद्योग जुवा नै हो कसैले ८० लाख खर्च गरेर ४ लाख मात्र उठाउछन् भने कसैले २५ लाख खर्च गरेर ४ करोड उठाउछन्। हो यो भनाइ सत्य पनि हो अहिले जति पनि चलचित्र बनि रहेका छन् सबै हारी मात्र रहेका छन् । कसले जितेका छन् पत्तो छैन। यहि जुवामा होमिन अर्का निर्माता आइ पुगेका छन् यादव गुरुङ उनको चलचित्रको नाम नै ‘ग्याम्ब्लर’ रहेको छ। चलचित्र ग्याम्ब्लरको आज एक कार्यक्रमका बीच पोस्टर तथा गीत सार्बजनिक गरियो।

आज आयोजना गरियको कार्यक्रममा चलचित्रका संगीतकार शम्भुजित बास्कोटा दुइ नायक राजेश हमाल र सुमन सिंह,निर्देशक रमेश बुढाथोकी गीतकार किरण खरेल तथा एस पी कोइराला को उपस्थिति रहेको थियो भने चलचित्रका तिन नायिका बिना बुढाथोकी,कल्पना शाही,सोनिया के सी कसैको उपस्थिति रहेको थिएन।

रमेश बुढाथोकीको निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल,सुमन सिंह, कल्पना शाही, सोनिया केसी, विना बुढाथोकीलाई मुख्य भूमिकामा देख्न सकिन्छ । पछिल्लो समय हमालले अभिनय गरेका धेरैजसो चलचित्रमा उनको फोटो पोष्टरमा राख्न छोडिएको छ । तर’ग्याम्ब्लर’ युनिटले भने उनलाई पोष्टरमा राम्रो स्थान दिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.