विवादमा आलियाको ‘गंगुबाई काठियावाडी’



एजेन्सी। आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिज अगाडि नै विवादमा घेरिएको छ । फिल्मको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । फिल्मले गंगुबाईलाई गलत रुपमा चित्रण गरेको आरोप परिवारले लगाएको छ । गंगुबाईको नातिनी भारतीले फिल्म मेकर्सले आफ्नो परिवारसँग अनुमती बिना फिल्म बनाएको आरोप लगाएकी छन् । निर्माण युनिटले फिल्मबाट पैसा कमाउन आफ्नो परिवार बदनाम गरिरहेको उनको भनाई छ ।

गंगुबाईका वकिलले समेत फिल्ममा गंगुबाईलाई जसरी देखाइएको छ त्यसमा सत्यता नरहेको बताए । वकिलले भने ‘एक समाजसेवीलाई सेक्स वर्करको रुपमा देखाइएको छ ।’ फिल्मको कारणले गंगुबाई समाजसेवी नभएर सेक्स वर्कर हो भनेर आफन्तले सोध्न थालेको समेत वकिलको भनाई छ । वकिलले अगाडि भनेका छन् ‘यस बिषयमा निर्देशक संजयलीला भंसाली र हुसैन जैसीलाई नोटिस समेत पठाइएको थियो । तर जवाफ आएको छैन ।’

आलिया भट्टको अलवा अजय देवगनको समेत मुख्य भुमिका फिल्ममा छ । फिल्म २५ फेब्रअरीमा रिलिज हुँदैछ । संजय लीला भन्साली निर्देशित फिल्म पत्रकार हुसैन जैदीले लेखेको पुस्तक माफिया क्विन्स अफ मुम्बईमा आधारित रहेर निर्माण भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.