फोटो पत्रकार कुबेर डंगोल बने निर्देशक



काठमाडौं । पछिल्लो समय चलचित्र पत्रकार तथा फोटोग्राफरहरु चलचित्र निर्देशन तथा निर्माणमा पनि सक्रिय बन्न थालेका छन्। यसै क्रममा चलचित्र पत्रकार संघका उपाध्यक्ष समेत रहेका फोटो पत्रकार कुबेर डंगोल पनि थपिएका छन्। कुबेर डंगोलले हालै अभिनेता अनमोल केसीलाई लिएर बिज्ञापनको सुट गरेका छन्। कन्सल्टेन्सीको बिज्ञापन निर्देशन गर्दै गरेका डंगोलले भबिष्यमा अन्य प्रोजेक्टहरुको पनि निर्देशन गर्दै जाने बताए करिब डेढ दशक देखि चलचित्र पत्रकारितामा सक्रिय डंगोल पछिल्लो समय सेलिब्रेटीहरुको ग्ल्यामर फोटो शुटमा जमेका छन्।

अनमोलले अभिनय गरेको कन्सल्टेन्सी टिभीसीलाई शैक्षिक शैलीमा तयार गरिएको निर्देशक कुवेर डंगोलले बताए । केहि समय अगाडी डंगोलसँगै फोटोशुट सम्पन्न गरेका अनमोलले काम टिभीसीको काम पनि सकाएका हुन् । हामीले टिभीएडको लागि २५ सेकेण्ड लम्बाई रहेको भिडियो तयार पारेका छौँ । यहाँ अस्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरुको लागि छोटो संदेश छोडिएको छ निर्देशक डंगोलले भने । टिभीसीमा अनमोललाई क्याजुअल लुक्समै सरल तरिकाले प्रस्तुत गरिएको छ । रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन , विकास दाहालको सम्पादन तथा कलर रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.