भ्यालेन्टाइन जोडी रेखा र राज



काठमाडौंँ । भ्यालेन्टाइन डे (१४ फेब्रुअरी) अर्थात प्रेम दिवस । विश्व भरिनै विशेष गरी युवा युवतीले यो दिन विशेष चाडकै रुपमा मनाउँछन् । नेपालमा पनि पछिल्लो केही बर्षयता यो दिन विशेष रुपले मनाउने गरिन्छ । यस्तैमा प्रेम दिवसको अवसरमा गायिका रेखा शाह र मोडल राज फैजुले केही तस्बिर सार्वजनिक गरेका छन् ।

सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ बोलको गीत लेखन, सङ्कलन र गायन (२०४९) बाट रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेपछि धादिङकी रेखा शाह नेपाली सङ्गीतकी मानक गायिका बनिन् । आधुनिक गीत गाउन रेडियो नेपाल छिरेकी उनी समयको बहावसँगै ‘लोकगायिका’ बनिन्, मात्र लोकगीतकी गायिकामा सीमित रहिनन् । सङ्गीतलाई साधनाको रूपमा लिँदै उनले राम थापा, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेलगायतका गुरुहरूबाट शास्त्रीय सङ्गीत गायनमा डिप्लोमा तहको अध्ययन पनि गरिन् ।

द लाइन, स्मृति, आकृतिलगायतका आधुनिक तथा पाश्चात्य शैलीका गीति एल्वम प्रकाशन गरेकी उनका सिमसिमे पानीमा, सालीभेना, मैनाचरीलाई, सैंको घर कहाँ हो कहाँजस्ता लोक गीत प्रख्यात छन् भने तिमीलाई केही हुँदै नहोस्, पोखूँ भने मनका कुरा, एकदिन तिमी फर्की आउनेछौ, नजिक छौ तिमी, सैं तमी कर्नाली पारि छौ जस्ता आधुनिक तथा पाश्चात्य शैलीका गीत चर्चित छन् ।

‘लैंगिक शिक्षामा त्रीभुवन विश्वविधालयबाट स्नातकोत्तर गरेकी उनी आफ्नै नामको ‘रेखा शाह फाउन्डेसन’बाट समाज सेवामा पनि सकृय छिन् । बुकहिल पब्लिकेसनको संचालक तथा निर्देशक रहेकी उनले यही वर्षदेखि काठमाडौँको अनामनगरमा साथीहरूको सहकार्यमा ‘फाइन ट्युन’ नामक रेकर्डिङ स्टुडियो पनि संचालनमा ल्याएकी छिन् । आफ्नो जीवनशैली, खानपान, समाज, संस्कृति, समसामयिक परिवेशलाई हेर्ने आफ्नो दृष्टिकोणबाट समेत चर्चामा रहने उनको सुन्दरताको सधैँ बयान हुने गरेको छ ।

राज फैजु म्युजिक भिडियो, फेसन मोडलिङका अलवा सौदर्य प्रतियोगीतामा समेत जमेका ब्यक्ति हुन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय सौदर्य प्रतियोगीताको आयोजक तथा कोरियोग्राफरको रुपमा समेत चर्चित राजका नेपालमा बालबालिकाको स्तरिय सौदर्य प्रतियोगीता आयोजना गर्ने आयोजक पनि हुन् । राम्रा ब्राण्डको बिज्ञापन मोडलिङमा समेत देखिदै आएका राज सौदर्य प्रतियोगीता मार्फत नेपालको कलासंस्कृति अन्तराष्ट्रिय क्षेत्रसम्म पनि पुर्याउन सफल छन् । राज, प्रेमलाई जीवन बाँच्ने आधार बताउँछन् ।

तस्बिर: रुपेश थापा

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.