अनमोल र सुहानाको रोमान्टिक अवतार, ‘ए मेरो हजुर ४’ शिर्ष गीत सार्वजनिक



काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । शिव रेग्मी निर्देशित चलचित्र ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौकी’ लाई मिश्रण गरेर तयार गरिएको गीतमा गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । रवि मल्लको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् ।

नेपालको पर्यटकीय गन्तव्य शे-फोक्सुन्डोमा खिचिएको गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा फिचर्ड छन् । भिडियोमा उनीहरुको जोडीलाई जति सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।

सञ्जय लामाको छायांकन रहेको भिडियो उत्कृस्ट बनेको छ । शे-फोक्सुन्डोमा छायांकन भएको ‘ए मेरो हजुर ४’ पहिलो सिनेमा हो । राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा झरना थापाले आफूले ‘ए मेरो हजुर’ को सिक्वेलमा साधारण लभस्टोरीलाई पस्किने गरेको बताइन् । निर्देशक थापाले अब सिनेमा ‘भागवत गीता’ पछि मात्र ‘ए मेरो हजुर ५’ निर्माण गर्ने पनि जानकारी दिएकी छन् ।

बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यो उनको व्यानरमा निर्माण भएको आठौं सिनेमा हो । सिनेमाको कथा झरना थापाले लेखेका हुन् । पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

मित्र डि गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व रहेको चलचित्रमा अनमोल र सुहानाका अलवा सरोज खनाल, सलोन बस्नेत, निराजन प्रधान, रेयर राई, रवी कार्की, दुर्गेस थापा लगायतका कलाकारको अभिनय रहेको छ ।