अभिनेता अनमोल ‘हनी बनी’मा अनुबन्धित



काठमाडौं । अभिनेता अनमोल केसीले नयाँ चलचित्र साइन गरेका छन् । अनमोलले दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘हनी बनी’का लागि लिखित सम्झौता गरेका हुन् ।

दिवाकरले यो चलचित्र निर्माणको घोषणा केही समय अगाडि गरेपनि नायक र नायिकाको खोजी भने गरिरहेका थिए । कुनै पनि चलचित्र साइन गर्नका लागि लामो समय लगाउने अनमोलले ‘हनी बनी’ भने दुई दिन कथा पढेर साइन गरेका थिए । यो चलचित्रको छायांकन मार्च महिनाबाट लण्डनमा हुनेछ ।

एबी इन्टरनेसनलको प्रस्तुतिमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुन् ।

लभस्टोरी जनरामा नै बन्ने चलचित्रमा अनमोलको भूमिका फरक हुने निर्देशकको दाबी छ । अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.