आमिरलाई ८८ करोडको अफर


aamir-khan fnn
बलिउडमा बोलवाला छ त तीन खानहरुकै छ। त्यसैले त हरेक फिल्ममेकरका लिष्टमा अग्रस्थानमा हुने गर्छन् यी तीन खान। सलमान खान, आमिर खान र शाहरुख खान। आमिर अहिले चर्चामा छन्। किनकि उनले एक विज्ञापनको लागि ८८ करोडको सम्झौतामा साइन गरेका छन्। लोककल्याणकारी र सन्देशमूलक विज्ञापनहरुमा अग्रता राखेका आमिरको पपुलारिटीलाई क्यास गर्ने सोचसँगै एक इलेक्ट्रोनिक ब्राण्डले आमिरलाई ८८ करोडको अफर गरेको छ। सो ब्राण्डको लागि आमिरले एक वर्षसम्म विज्ञापनमा काम गर्ने छन्। विज्ञापन सिरिजको रुपमा प्रस्ततु हुनेछ भने आमिरले माग गरेका पैसा पनि इन्स्टळमेन्टमै पाउने छन्। विज्ञापनका केही सिरिज ‘अनएयर’ भइसके भने केहीको सुटिङ भइराखेका छन्। आमिरले माग गरेका रकम निकै ठूलो भएता पनि उनको इन्डोर्समेन्टले आफ्नो सेल्स बढेको र आगामी दिनमा अझ बढ्ने आशा गरेर सो ब्राण्डले आमिरले माग गरेकै रकम स्वीकार गरेको एजेन्सीले जनायो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.