तक्मे बुढाको ‘आकाशे खेती’ को ट्रेलर सार्वजनिक



काठमाडौं। चलचित्र ‘आकाशे खेती’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । उदय सुव्वाको लेखन तथा निर्देशन रहेको चलचित्रमा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ आदि कलाकारले अभिनय गरेका छन् ।

एसएस इन्टनेशनल फिल्मस् तथा तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्मलाई केदार उप्रेती, जीवन सुव्वा, राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रमा बिक्रम डिसीको छायांकन, राजु किरातीका द्वन्द, रामजी लामिछाने र राजिवको नृत्य तथा सुजन बडालको सम्पादन रहेको छ । चलचित्र यही फागुन २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.