‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गतेबाट प्रदर्शनमा आउने



काठमाडौँ। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको छेको पारेर फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । सुदर्शन थापा निर्देशित चलचित्र यसअघि माघ १९ का प्रदर्शन मिति तय गरेको थियो तर सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि प्रदर्शन हुन पाएको थिएन ।

मंगलवार नेपाल चलचित्र संघमा बसेको चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा र चलचित्र संघका तर्फबाट अशोक शर्मा नेतृत्वको कार्यदलले चलचित्रलाई फागुन १३ गते प्रदर्शन गर्ने निर्णय गरेको हो ।

फागुन १ गतेबाट हलहरु खुल्ने भएपछि ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ गते प्रदर्शन गरिने भएको छ । ‘लप्पन छप्पन २’ले केही समयअघि नै सोही मितिमा प्रदर्शनको मिति घोषणा गरिसकेको छ । यहि मितिमा फिल्म ‘लप्पन छप्पन २’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।

सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्न अनुमति दिएसँगै फिल्म निर्माताहरुले प्रदर्शनमिति तोक्न थालेका छन् । चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।