नेपहपको श्रीपेच’को दोस्रो प्रोमोमा भाइरल ‘माईला’



काठमाडौँ। रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ l प्रोमोमा अहिलेका भाइरल र्यापर ‘माइला’को प्रस्तुतिलाई देखाइएको छ । प्रोमोमा मिस्टर डी,डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा देखाइएको छ l तर यस शोको जजमा भने र्यापर बालेन शाह, गिरिस खतिवडा र मानस घले छन् । यस अघि निर्माण टिमले पहिलो प्रोमोमा फीमेल र्यापर फुर्दुकीलाई देखाएको थियो ।

कार्यक्रम फागुन १६ बाट इमेज टेलिभिजन र डि म्युजिक टिभी मार्फत प्रसारणमा आउने भएको छ । कार्यक्रम युट्युबमा भने ओ.एस.आर रियालिटीबाट आउनेछ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हो । डि म्युजिक टिभीको प्रस्तुती रहेको उक्त शोलाई सुदिप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् ।

कार्यक्रमका लागी ८००० भन्दा बढीले डिजिटल अडिसन मार्फत सहभागीता जनाएका थिए जस मध्य ६०० जनाको बिभिन्न शहरमा फिजिकल अडिसन लिइएको थियो । अब फिजिकल अडिसनबाट छानिएका १२३ जना ले श्रीपेचको लागी प्रतिस्पर्धा गर्नेछन् । ‘नेपहपको श्रीपेच’ को विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.