रङ्ग पत्रकार सुवेदीको लेखन निर्देशनमा बन्ने भो ‘ठगराज’



काठमाडौँ। नेपाली कथानक चलचित्र ‘ठगराज’ निर्माण हुने भएको छ। ‘ठगराज’ रङ्ग पत्रकार तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको हो। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया संगको सहकार्यमा दिलासा कृयसनको ब्यानरमा निर्माण हुनेछ। सामाजिक कथा बस्तुमा निर्माण हुने चलचित्रको रङ्ग पत्रकार तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीले आफ्नो जन्म दिनको अवसर पारेर औपचारिक घोषणा गरेका हुन्।

चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य टिमको बारेमा केहि समय पछि जानकारी गराइने निर्देशक सुवेदीले बताए। चलचित्रको चैत्र अन्तिमबाट छायाँकन गर्ने निर्माण टिमको योजना रहेको छ। सामाजीक कथा, जीवनको यथार्थसंग नजीक साथमा कमेडी, लभ र सेन्टीमेन्टको संयोजन रहेको निर्देशक सुवेदीले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.