प्रोड्युसर सामाजिक कार्यमा अग्रसर हुँदै


producer-school-helth
(सेलिब्रेटी नेपाल) २५ जेठ-भाद्र १४ गतेको लागि रिलिज मिति तोकेर हाल प्रचार प्रसारमा रहेको चलचित्र प्रोड्युसर र गैर सरकारी संस्था एन सी एच सी को सहकार्यमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरियको छ सुक्रबार र शनिबार गरि दुइ दिन चलेको शिविरमा करिब ३५० बिध्यार्थिको उपचार हुने जानकारी सेलिब्रेटी नेपाल लाई चलचित्रका निर्देशक जनकदीप पराजुलीले गराए।

राजधानीको कुलेश्वरमा रहेको सार्बजनिक बिद्यालयमा सुक्रबारको शिबिरमा दुइ सय पचास भन्दा बढी बिद्यार्थीको स्वास्थ्य जाँच गरिएको जानकारी प्राप्त भएको छ। कक्षा १० सम्म पढाई हुने उक्त बिद्यालयमा बिशेष गरि निजि बिद्यालयको चर्को शुल्क तिर्न नसक्ने गरिब बिद्यार्थी पठन पठन गर्ने गर्दछन्। शिविरमा बिर अस्पतालका बरिस्ठ डक्टर केशबभक्त श्रेष्ठ,डा शिशिर रेग्मी डा राधेश्याम गुप्ताले स्वास्थ्य परिक्षण गरेका थिए ।
producer-helth-camp
ज्योति राईको प्रस्तुति रहेको चलचित्र प्रोड्युसर द मिडियाज कलेक्सन र आर सी पिक्चर्सको संयुक्त ब्यनरले निर्माण गरेको हो। कार्यकारी निर्माताका रुपमा केशब अधिकारी रहेका छन्। चलचित्रमा बाबु बोगटी, श्याम अर्याल, स्वेता भट्टराई, विल्सन बिक्रम राई को मुख्य भूमिका रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.