वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ घोषणा



काठमाडौं। साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ । वेब सिरिज ‘माई वाइफ इज एन एलियन’को आजै इन्डक्ल्याप गरिएको हो । यो वेब सिरिजको आज ट्रेलर समेत रिलिज गरिएको छ ।

नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको वेब सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन् । सुमित सिंहको निर्देशन रहेको वेब सिरिजको निर्माता दिनेश श्रेष्ठ छन् । वेब सिरिजको लेखक सुमित सिंह र राजन महर्जन हुन् । वेब सिरिजमा निर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।

साइन्स फिक्सन वेब सिरिजमा बालकलाकार प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलकको समेत अभिनय रहेको छ । आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भिएफएक्स जोन राईको रहनेछ । सिरिजमा विकास चौधरीको संगीत, निर्देशक सिंहको कविता र गीत रचना, प्रिया नगरकोटी र सञ्जु ढकालको मेकअप र हेयर डिजाइन, सरोज दाहालको मुख्य सहायक निर्देशन र इश्वर घिमिरेको व्यावस्थापन रहेको छ ।

यही टिमको सहकार्यमा बन्ने सिनेमा ‘सुपर धने’को अर्को वर्षको कार्तिक अर्थात नोभेम्वरबाट छायांकन गरिनेछ । हाल स्कृप्ट लेखन कार्य भैरहेको निर्माण टिमले जानकारी दिएको छ । सिनेमाको छायांकन नेपाल र युरोपमा गरिनेछ । सिनेमाका लागि चाँडै कलाकार छनोट काम सुरु हुने निर्देशक सिंहले बताए ।