मेलिना र रमेशको ‘चम्पाकली’ मा नाजीर र गीता (भिडियो)



काठमाडौँ। गायिका मेलिना र गायक रमेश कँडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘चम्पाकली’ बोलको गीतमा सितल कादम्बिनीको शब्द रचना र सिडी विजय अधिकारीको संगीत रहेको छ। सार्वजनिक रोमान्टिक गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। भिडियोमा नाजीर हुसेन र गीता ढुंगाना फिचर्ड छन्। करण चैंसिरले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन्।

भिडियोको निर्देशन कोरियोग्राफी सुनील क्षेत्रिले गरेका हुन्। भिडियो डिएआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।