चलचित्र चर्चामा,सबै तिर राम्रो रेस्पोन्स तर निर्देशक दुखि


wilson-nepathya
(सेलिब्रेटी नेपाल) २५ जेठ-‘म्याथ सिक्ने, इङलिस सिक्ने अनि विदेश जाने’ यो सम्वादको कारणले चर्चामा रहेको चलचित्र हो ‘नेपथ्य’। सम्वाद बोल्ने कलाकार हुन नेपाल टेलिभिजनको हास्य श्रृखला मेरी बास्सैका ‘तक्मे बुढो’ अर्थात विल्सन विक्रम राई। नायिका सुष्मा कार्कीको कारणले पनि यो चलचित्र चर्चामा छ। विषेशत चलचित्रको गीत ‘मस्त जवानी’मा सुष्माले गरेको नृत्यको चर्चा छ ।

चलचित्र राम्रो बनेको छ सबै तिर चर्चा पनि छ तर चलचित्रले राम्रो हल नपाऊदा निर्माता तथा निर्देशक राम राजा दाहाल दुखि भएका छन् । धेरै नेपाली निर्माता निर्देशकहरुले भन्दै आएका छन् कि केहि नेपाली चलचित्रका भाइरस हरुले स्वदेशी चलचित्र उद्योगलाई ध्वस्त परेर बिदेशी चलचित्र बाट मनग्गे कमाउने सपना देखेका छन् र तिनी हरुको कारण राम्रा चलचित्र हरु पनि शहिद भई रहेका छन्। निर्माता निर्देशक दाहालले आफ्नो फेसबुक स्टाटसमा पनि लेखेका छन् केहि नेपाली हल मालिक नेपालमा रहेका विदेशीका छोरा हुन् उनि हरुको हलमा नेपाली चलचित्र लाग्दैन।अब नेपालीहरु आफैँ सचेत हुने बेला आइ सकेको छ। हामी स्वाभिमानी नेपालीका सन्तान हौ।

अधिकांश दृश्य अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रमा विल्सन र सुष्माका साथै मानव सुवेदी, आदित्य बुढाथोकी, रेम बिक, सोना तिम्सिना, रवी गिरी, शिशिर खरेल, एमएस अग्रज, रश्मी भट्ट लगायतका कलाकारलाई देख्न पाईनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.