डब्बु र सानुबाबुको गजलमा तिम्रो याद (भिडियो)



काठमाडौं। मुलुकमा कोरोना महामारी बढे पनि गीत संगीत सार्वजनिक हुने क्रम रोकिएको छैन । यसै क्रममा यतीबेला नयाँ गजल ‘तिम्रो याद…’को भिडियो बजारमा आएको छ । गजलमा गायक सानु बाबु महर्जनको स्वर रहेको छ । जसमा संगीत भने अग्रज संगीतकार जुगल डंगोलले दिएका छन् । यो गजलको भिडियो हाईलाईट नेपालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

ब्राइटर तिम्रो सुर मेरो गीत…का फाईनलिस्ट बनेका महर्जन एक समय गायनमा निकै चर्चामा थिए । आधा दर्जन गीतिसँग्रह ल्याईसकेका महर्जनको स्वरमा यो गजल निकै मेलोडी बनेको छ ।
‘अनायसै तिम्रो याद आईरह्यो रातभर
मनमा नौलो हलचल छाईरह्यो रातभर…’
गजललाई गजलकार डब्बु क्षत्रीले लेखेका हुन् । उनका झरी, गुवाली स्वरहरु जस्ता गजलसँग्रह नै छन् । युगल प्रेमीको अथाह प्रेम भावलाई यो गजलमा समेटिएको गजलकार डब्बु क्षत्रीले बताएका छन् । यो गजलको भिडियो पनि क्षेत्रीले नै निर्देशन र सम्पादन गरेका हुन् ।
डब्बु क्षत्रीले यस अघि झरी सम्बन्धि सबै गजल समेटेर गजल सँग्रह ‘झरी’ बजारमा ल्याएका थिए । जसमा आधा दर्जन गजल थिए । त्यसपछि उनले ल्याएको अर्को गीत तथा गजल सँग्रह ‘गुलावी स्वरहरु’मा पनि केही गजलहरु छन् ।

यो गजलमा कलाकार निश्चल बिक्रम पौडेल र सृष्टी कडरीयाले अभिनय गरेका छन् । यो गजलको भिडियोलाई मिलन शँकरले खिचेको हुन् । जसमा सुवास बुढाथोकीको कोरियोग्राफी र वीरेन्द्र भाट ‘बिपिन’ को रँग सँयोजन रहेको छ । भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.