कोरोना प्रभाव ! ‘लाखे’ छायांकन दुई युनिटमा



काठमाडौँ। कोरोना संक्रमण दर बढेसँगै सरकारले सिनेमा हल बन्द गरेपनि चलचित्र छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाको मापदण्ड पालना गर्दै चलचित्र छायांकन गर्न सकिने विकास बोर्डले जनाएको छ । कोरोनाको तेस्रो लहरको हल्लासँगै लगानीमा जोखिम भन्दै केही चलचित्रले आफ्नो छायांकन स्थगित गरेका छन् ।

चलचित्र ‘लाखे’ अहिले काठमाडौंमा धमाधम छायांकन भइरहेको छ । चलचित्रको गत पुसको अन्त्यबाट छायांकन सुरु भएको हो । भब्य शुभ–मर्हुत गर्दै छायांकन सुरु गर्ने तयारीमा गरेको फिल्मको कोरोनाको कारण सामान्य ढंगले छायांकन सुरु गरिएको निर्देशक सम्राट बस्नेतले बताए ।

‘भव्य शुभ–मर्हुत गरेर फिल्म फ्लोरमा लाने तयारी हाम्रो थियो । तर कोरोनाको बढ्दो संक्रमणले गर्दा सरकारले २५ जनाबढी एकै स्थानमा सहभागी हुन रोक लगायो’ निर्देशक बस्नेतले भने ‘कोरोनाको कारण हामीले सिमित कलाकारको उपस्थितीमा मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गर्यौ ।’ फिल्म युनिट धेरै भएकोले अहिले दुई युनिट बनाएर फिल्मको छायांकन गरिरहेको निर्देशक बस्नेतको भनाई रहेको छ । ‘

एक निर्देशकले एकै समय दुई युनिटसँग काम गर्नु निकै गाह्रो रहेछ’ निर्देशक बस्नेतले अनुभव सुनाए । एउटा चलचित्र छायांकनका लागि दुई युनिटले फरक फरक कम गरेको नेपालको हकमा सम्भवत यो पहिलो हो । यसमा फिल्मका प्राविधिकदेखि धेरै युनिट समेत दुई सेट चाहिन्छ । त्यसले निर्मातालाई समेत आर्थिक भार पर्न जान्छ । यस फिल्मका निर्माताहरु भने त्यो आर्थिक भार ब्यहोर्न तयार देखिएका छन् ।

‘चलचित्र सुटिङका लागि दुई युनिट बनाउनु पर्दा आर्थिक भार बढ्नुको अलवा धेरै झन्झट पनि रहेछ’ कार्यकारी निर्माता हरि मल्ल ठकुरीले भने ‘आर्थिक कुरो त दोस्रो हो । महत्वपुर्ण कुरो त कलाकार र युनिटको सुरक्षा हो ।’ सबैको स्वास्थ्य सुरक्षाका खातिर निर्माण युनिटबाट थप भर व्यहोर्न राजी भएको निर्माता हरिको भनाइ छ ।

‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनिरहेको फिल्म हो । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीको प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल,अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायत थुप्रै कलाकारको अभिनय रहनेछ ।

निर्माण युनिटले फिल्म छायांकनका फोटो भने अहिले बाहिर ल्याएको छैन । फिल्ममा रहेको कलाकारको लुक बाहिरिने डरले तस्बिर नल्याएको हो । फिल्मका लागि सबै कलाकारको लुक्समा निकै ध्यान दिइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.