जितु र साम्राज्ञीको चलचित्र ‘ह्यारी कि प्यारी’को शुभ मुहर्त संगै छायाँकन सुरु



काठमाडौँ। कपिल रिजालको निर्देशनमा बन्न लागेको चलचित्र ‘ह्यारी कि प्यारी’को शुभ मुहर्त संगै छायाँकन सुरु गरिएको छ। जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्रको पर्वत जिल्लाको भूक देउराली भन्ने ठाउँमा छायाँकन भई रहेको छ। सुदिप बरालले छायाँकन गरि रहेको चलचित्रको नाम हेर्दा कमेडी जनराको लाग्छ। लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालको निर्देशनमा यो डेब्यु चलचित्र हो। उनले यस अघि चलचित्र ड्रिम्समा लगानी गरेका थिए। चलचित्रमा जितु र साम्राज्ञी संगै विजय बराल,लक्ष्मी गिरि,सुभास गजुरेल डिल्ली खनालको पनि मुख्य भूमिका रहेको छ।

यो चलचित्रका लागि साम्राज्ञीले महंगो पारिश्रमिक वुझेकी छिन् । ‘छक्का पन्जा’को टिम भन्दा बाहिरको चलचित्र काम नगरी बसिरहेका जितुले यो टिम भन्दा बाहिरको चलचित्र काम गरेका छन्। चलचित्रमा जितु साम्राज्ञीको प्रेमीको भूमिकामा देखिदैछन् । हाल छायाँकनमा साम्राज्ञीको सीन नपरेकोले उनि भने छायाँकन सेटमा पुगेकी छैनन्। उनि केहि दिन पछि बाट मात्र छायाँकनमा सरिक हुने छिन्।

Copyright © 2012 - 2026 | All Right Reserved.