ए जवानी हे दिवानिले बलिवुडमा नयाँ रेकर्ड राख्यो


yeh-jawaani-he-diwani
करन जोहरको निर्माण तथा आयन मुखर्जीले निर्देशन गरेको फिल्म ए जवानी हे दिवानिले बलिवुडमा नयाँ रेकर्ड राखेको छ। ए जवानी हे दिवानी प्रर्दशनमा आएको पहिलो हप्तामै एक सय करोड कमाउने पहिलो बलिउड फिल्म बनेको छ। रणवीर कपुर,दीपिका पादुकोण लगायत अभिनित फिल्मले विश्वव्यापी रुपमा पहिलो हप्तामा एक सय करोड कमाउने पहिलो चलचित्र बनेको छ। भारतीय सिनेमाका एक व्यापारिक विश्लेषक तरन आदर्शले ट्विटरमा यसबारे उल्लेख गरेका छन् । उनले ट्विट गर्दै भनेका छन् ‘ए जवानी हे दिवानी १०० करोडमा र अझै थपिंदै।’यो सफलतालाई धेरैले रणवीरको आर्कषण सँग जोडेर हेरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.