चलचित्र ‘जिवन साथी’को गीत सार्वजनिक



काठमाडौँ। चलचित्र ‘जिवन साथी’को गीत सार्वजनिक गरिएको छ। ‘बयर पाक्यो’बोलको गीतमा सिडी बिजय अधिकारी र रमिला ज्ञान्ग्मीको स्वर रहेको छ। डिपी खनालको शब्द रचना रहेको गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ। रोमान्टिक फ्लेवरको गीतमा चलचित्रका मुख्य कलाकार जय किशन बस्नेत,सानिया खान,रोविन,अर्जुन गुरुङले नृत्य गरेका छन्। सार्वजनिक गीतको भिडियो बाबु सेन्चुरीले कोरियोग्राफी गरेका छन्। दिपक लामाको निर्देशनमा बनेको चलचित्र ‘जिवन साथी’ को प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।

गोकुल राउत र एदिप कुलुङ्गले छायांकन गरेको चलचित्रमा सम्पादन बिस्वाश भण्डारीको रहेको छ। मायादेवी,दिलिषा,मोहन कृष्ण र राजु ले मिलेर निर्माण गरेको चलचित्रको डिजिटल पार्टनर डिएआर मुभिज रहेको छ। सार्वजनिक गीत डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.