गायक कुमार सुब्बाको निधन



काठमाडौं । गायक कुमार सुब्बाको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार सुब्बाको शनिबार सिलिगुडीमा उपचारका क्रममा निधन भएको दार्जिलिङका संचारमाध्यमले जनाएका छन् । गम्भीर स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेका गायक सुब्बाको सिलिगुडीमा उपचार भइरहेको थियो।

दार्जिलिङ घर भएका ७५ वर्षीय सुब्बा पछिल्लो समय सिलुगुडीमा बसोबास गर्दै आएका थिए । गोपाल योञ्जन र कर्म योञ्जनका समकालीन गायक समेत रहेका सुब्बाले ‘देउरालीका ठिटीहरू नक्कल पार्नु पर्दैन’, ‘सारंगीको तालले मेरो मनको गीत गाउँछ,’ जस्ता लोकप्रिय गीत गाएका छन्।