सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो । पहिलो चरणमा सिनेमा हल र रात्रीकालीन व्यवसाय १५ दिन बन्द गर्नेसमेत आदेशमा उल्लेख छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन पनि अब अन्योल बनेको छ। अब प्रदर्शनको क्रममा रहेका चलचित्रहरुलाई पनि यो निर्णयले असर गर्नेछ। माघ महिनामा प्रदर्शन हुने तयारीमा रहेको ‘म यस्तो गीत गाउँछु २’ र ‘मन्त्र’को प्रदर्शन पनि अब अन्योल बनेको छ।

आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थल, समारोह, सामाजिक कार्य आदिमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ । पहिलो चरणमा माघ १५ सम्म सबै स्कुल, कलेज र विश्वविद्यालयमा भौतिक पठनपाठन समेत बन्द गर्ने निर्णय भएको छ । होटल , क्याफे र रेष्टुरेण्टमा खोपकार्डका आधारमा मात्रै प्रवेश दिन समेत आदेश गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.