जनकवि केशरी धर्मराज थापा आइसीयूमा


dharmaraj_thapa

(सेलिब्रेटी नेपाल) २४ जेठ-जनकवि केशरी धर्मराज थापालाई प्यारालाइसिसले च्यापेपछि आइसीयूमा राखिएको छ। जनकवि केशरीलाई उच्च रक्तचाप तथा प्यारालाइसिसले च्यापेपछि कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसीयूमा पुर्याइएको हो । क्षेत्रीय अस्पतालको आइसीयूमा जनकविको उपचार भइरहेको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि एक स्थानिय अस्पतालमा भर्ना गरिएका थापाको स्वस्थ्य गम्भिर बन्दै गएपछि बिहिबार पश्चिमाञ्चल क्षेत्री अस्पतालमा पुर्याइएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार थापालाई पोखराको बाटुलोचौरमा रहेको फेवासिटी अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय प्यारालाइसिसका कारण दाहिने हात र खुट्टा चल्न नसक्ने अवस्थामा रहेका थापा केही हप्ता अघि पोखरा गएका थिए ।

६ महिनादेखि उनी औषधीको भरमा धानिएको परिवारले जनाएको छ। उनले ६० वर्षसम्म अनवरत लेखनमा सक्रिय भई नेपाली कला र साहित्यलाई उचाइमा पुर्याउन योगदान दिएका छन्। ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ बोलको उनको गीत सर्वाधिक लोकप्रिय छ। तागत छउन्जेल कहिल्यै लेख्न नथाक्ने थापा रसिक समेत छन्।

१९८१ सालको साउने संक्रान्तिमा जन्मेका धर्मराज सानैदेखि भजन, किर्तन, लोकगीत र लोकगाथामा औधी रुचि राख्थे। थापाले २००१ सालमा तत्कालीन श्री ३ सरकारको गुठी बन्दोबस्त अड्डामा जागिर खाने मौका पाएका थिए।उनी पहिलोपटक १९९६ सालमा सतबीउ छर्न आफन्तसँग काठमाडौं छिरेका थिए। उनले ‘मंगली कुसुम’ गीति काव्यको लागि २०२५ सालमा मदन पुरस्कार पाएका थिए। उनका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.