अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक(भिडियो)



काठमाडौँ। अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक गरिएको छ। सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र कोभिड १९कोरोना भाइरसका कारण प्रदर्शनमा ढिलाई भएको छ ।

झरना थापाको निर्देशनमा बनेका ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट भएका थिए । त्यसैले ‘ए मेरो हजुर ४’ले पनि त्यस्तै सफलता पाउनेआशा गरिएको छ । चलचित्रमा अनमोल र सुहानाले दोस्रो पटक जोडी बाँध्दैछन् । ‘ए मेरो हजुर ३’मा यस जोडीलाई अत्याधिक रुचाइएको थियो ।

झरना थापाको निर्देशनमा निर्माण भएको चलचित्रमा सुनिल कुमार थापाको लगानी छ । चलचित्रमा निर्देशक झरना थापा र छेतेन गुरुङको कथा रहेको छ भने मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले निर्देशक थापा र गुरुङलाई पटकथा तथा संवाद लेखनमा सहयोग गरेका छन् । ‘ए मेरो हजुर ४’मा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल कल्याण सिंहको संगीत, संजय लामाको डिओपी, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्र आगामी नयाँ बर्षको दिन बैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ।