‘चपली हाइट–३’ आजबाट हलमा



काठमाडौं । प्रतिक्षित नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’आज (शुक्रबार)बाट देशभरका हलमा प्रदर्शनमा आएको छ । कोरोना महामारी अघि नै निर्माण भएर प्रदर्शनका लागि समेत तयार चलचित्र आजबाट प्रदर्शनमा आएको हो । यो चलचित्रले मल्टिप्लेक्स हलहरुमा उच्च शोज पाएको छ । बलिउड र हलिउड चलचित्र पछि सर्दा ‘चपली हाइट–३’ले उच्च शोज पाएको हो ।

निकेश खड्का निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, जीवन भट्टराईलगायत कलाकारहरुको अभिनय छ । अर्जुन कुमार यस चलचित्रका निर्माता हुन् ।

चलचित्र क्राइम–थ्रिलर जनरामा निर्माण भएको छ । यस चलचित्रको अघिल्ला सिरिजले सफलता हात पारेका थिए ।

यस चलचित्रलाई पनि दर्शकले रुचाउने निर्माण टिमको विश्वास छ ।